Comments Add Comment

एक सय परिवारलाई आँचलको सहयोग

नायिका आँचल शर्माले एक सय विपन्न परिवारलाई सहयोग गरेकी छिन् । लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई आँचल र उनका श्रीमान् उदीप श्रेष्ठले राहत वितरण गरेका हुन् ।

आँचलले क्षेत्रपाटी क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको बताइन् । आपतको समयमा सकेको सहयोग गर्नुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनको भनाइ छ ।

केही समय अगाडि मात्रै विवाह बन्धनमा बाँधिएकी आँचल निकै विवादित बनेकी थिइन्। विवाहमा लगाएको महँगो लेहेङ्गा र गर-गहनाका कारण उनी धेरै विवादित बनेकी थिइन् ।

उक्त खर्चपछि फाल्तु खर्च नगरेर समाज सेवाको काम गर्न उनलाई धेरैले सुझाव दिइरहेका थिए । अहिले आँचलले समाज सेवाको लागि पनि हात अगाडि बढाएकी छिन् ।

आँचलसँगै चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरू अहिले सहयोगमा जुटिरहेका छन् । कोही विपन्न परिवारलाई सहयोग गरिरहेका छन् भने कोही चलचित्र प्राविधिकहरूलाई सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment