Comments Add Comment

‘ब्लड प्लाज्मा’बाट काेराेनाकाे उपचार परीक्षण गर्दै बेलायत

८ वैशाख, काठमाडौं । बेलायतले ‘ब्लड प्लाज्मा’बाट कोरोना भाइरस (कोभिड–१९) को उपचार परीक्षण गर्ने भएको छ ।  निको भइसकेका संक्रमितको रगतबाट यस्तो उपचारको परीक्षण गर्न लागिएको हो ।

बेलायतको एनएचएसको रक्त तथा प्रत्यारोपण विभागले यही प्रयोजनका लागि कोभिड–१९ बाट निको भएका मानिसहरुलाई रक्तदान गर्न आग्रह गरेको छ ।

वैज्ञानिकहरुले ठीक भएका मानिसको शरीरमा विकास हुने एन्टिबडीले कोरोना भाइरससँग लड्न सक्ने अपेक्षा गरेका छन् ।  अमेरिकामा यस्तै ठूलो प्रोजेक्ट शुरु भइसकेको छ । यसका लागि अहिले अमेरिकामा एक हजार पाँच सय अस्पतालले मिलेर काम गरिरहेका छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म बेलायतमा १६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने एक लाख २० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment