
९ वैशाख, चितवन । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) जाँचमा पोजेटिभ नतिजा आएको चितवन रत्ननगरकी महिलाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ ।
पिठुवामा रहेको गुन्जमानसिंह अस्पतालमा गरिएको र्यापिड टेस्टमा आइतवार ती महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।
सोमबार भरतपुरमा गरिएको पीसीआर परीक्षणमा भने नेगेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनीसहित अन्य दुई जनाको पनि पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4