
नायिका स्वस्तिमा खड्का सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फेसबुक तथा इन्स्टाग्राममा उनले आफ्नो दैनिकीदेखि आफ्नो कामको विषयमा पनि पोष्ट गरिरहेकी हुन्छिन् ।
तर, लकडाउनका कारण झण्डै एक महिनादेखि घरमा थुनिएर बसेकी स्वस्तिमा फेसबुक हेर्दा-हेर्दा वाक्क भइसकेको बताएकी छिन् । फेसबुकमा धेरै नकारात्मक कुराहरू आएकाले आफू दिक्क भएको उनले बताएकी हुन्।
स्वस्तिमाले भनेकी छिन्, ‘फेसबुकमा अहिले कोरोनाले यति मान्छे मरे, उति संक्रमित भए भन्ने खालको समाचारहरू मात्र छ । जसले आममानिसलाई त्रसित बनाएको छ । त्यसैले पनि म फेसबुक हेर्दाहेर्दा दिक्क भइसकेँ ।’
स्वस्तिमा सुचनाहरु नकरात्मक पक्षबाटभन्दा पनि सकरात्मक पक्षबाट प्रवाह गर्नुपर्ने उनले बताएकी छिन् । ‘यति मरेभन्दा पनि यति निको भए भन्ने समाचार भए उत्साह मिल्ने थियो कि !’ स्वस्तिमाले सुनाइन् ।
स्वस्तिमा अहिले सरकारमाथि गरेको गाली पनि सान्दर्भिक नभएको बताउँछिन् । उनले भनिन्, ‘सरकारले पनि केही नगरी बसेको छैन । आफ्नो तर्फबाट केही न केही गरिरहेको छ । त्यो पनि देख्नुपर्छ जस्तो लाग्छ ।’
प्रतिक्रिया 4