+
+
Shares

लकडाउनमा मोटोपन पो बढ्दैछ कि ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १२:३९

घरमा बसेपछि केही न केही खाइरहन मन लाग्छ । खाना खाएको केही क्षणमै तलतल लाग्न थाल्छ । मनलाई नियन्त्रण गर्न सकिँदैन, केही न केही खाइरहन्छौँ । त्यसो त पारिवारिक माहोलमा मीठो-मसिनो बनाएर खान पनि मन लाग्छ । कतिपय त खानपानमा खुब सौखिन हुन्छन् । मीठो-मसिनो बनाउने जाँगर र सिप पनि हुन्छ । यस्तो अवस्थामा खानेकुराको डोज बढ्ने नै भयो ।

अर्कोतिर, घरमा बस्दा शारीरिक श्रम वा गतिविधि कम हुन्छ । नियमित व्यायाम नगर्नेहरू त निस्क्रिय नै हुन्छन् । दिनभर बस्ने, मोबाइल चलाउने, टिभी हेर्ने, पुस्तक पढ्ने । फेरि खाने, सुत्ने ।

यो उपक्रममा थाहै नपाई मोटोपन बढ्न सक्छ । एकातिर खाना धेरै अर्कोतिर शारीरिक गतिविधि ठप्प हुन्छ भने यो नै मोटोपनको लागि पर्याप्त रहेको मानिन्छ । मोटोपन अहिले धेरैको लागि टाउको दुखाइको विषय बन्दैछ । मोटोपनले शरीर भद्दा हुने मात्र होइन, विभिन्न दीर्घरोगहरू पनि निम्त्याउँछ । त्यसैले मोटोपनसँगै हाम्रो चिन्ता पनि बढ्छ ।

सामान्यभन्दा बढी तौल हुनु भनेको शरीरमा रोगको सम्भावना बढ्नु पनि हो । त्यसैले सकेसम्म तौललाई नियन्त्रण गर्नुपर्छ । असामान्य माटोपनले मधुमेह, उच्च रक्तचाप लगायत हृदय रोगको खतरा बढाउँछ ।

कसरी बढ्छ मोटोपन

माटोपन बढ्नुको केही कारण छन् । एक त हाम्रो जीवनशैली पनि मोटोपन बढ्नुमा जिम्मेवार हुन्छ । अस्तव्यस्त जीवनशैलीको कारण शरीरमा बोसोको मात्रा बढ्छ । त्यस्तै, जथाभावी र अनियन्त्रित खानपानले पनि मोटोपन बढ्छ । कतिपय हर्मोन परिवर्तनको कारणले समेत शरीरमा अस्वभाविक मोटोपन बढ्ने वा घट्ने हुन्छ । यसबाहेक वंशानुगत कारणले मोटोपन बढ्ने तथ्य बाहिर आएको छ ।

सामान्य हिसाबले हेर्दा, हामी खानाको रुपमा जति क्यालोरी लिन्छौँ, त्यस अनुरुप खर्च गरिएन भने तौल बढ्छ ।

१. शरीरलाई आवश्यक्ताभन्दा बढी खानेकुराको सेवन

२. निस्क्रिय जीवनशैली

३. वंशानुगत कारण

४. कतिपय अवस्थामा मनोवैज्ञानिक कारणले पनि मोटोपन बढ्छ

५. गर्भावस्थामा तौल बढ्न सक्छ

६. केही यस्ता औषधि हुन्छ, जसले मोटोपन बढ्छ

कसरी घटाउने तौल ?

तौल घटाउनका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर, यो सही तरिका होइन । खानपानमा कटौती गर्दा शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । परिणमतः त्यसले रोग निम्त्याउन सक्छ ।

–तौल घटाउनका लागि आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । खाने, बस्ने, सुत्ने समय नियमित हुनुपर्छ । शारीरिक क्रियामा जोड दिनुपर्छ । सधैं सक्रिय र फुर्तिलो हुनुपर्छ ।

–खानपानमा विशेष ध्यान दिनुपर्छ । एकै पटकमा धेरै खाना खानु हुँदैन । सकेसम्म हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । तारेको, भुटेको, मसलेदार, बोसोयुक्त खानेकुराले पनि तौल बढाउँछ ।

– एकै स्थानमा लामो समय बस्ने, भोक लागेपछि एकैपटक धेरै खाने बानी त्याग्नुपर्छ । यताउता हिँड्ने, सानोतिनो शारीरिक काम गर्ने गर्नुपर्छ ।

– तौल सन्तुलित राख्ने राम्रो काइदा हो, व्यायाम । नियमित रुपमा व्यायाम, योग गर्दा पनि तौल बढ्दैन ।

-राति खाना खाने लगत्तै सुत्नुहुँदैन । खाना र सुत्ने समयबीच कम्तीमा तीन घण्टाको अन्तर हुनुपर्छ ।

-टेलिभिजन हेर्दै, कम्प्युटर, ल्यापटप, मोबाइल चलाउँदै खानेकुरा खानु हुँदैन।

कति हुनुपर्छ शरीर अनुसार तौल ?

हाम्रो शरीरको लम्बाइ र तौलको हिसाब बीएमआईबाट निकाल्न सकिन्छ । तपाईंले आफ्नो शरीरको लम्बाइ सेन्टिमिटरमा नाप्नुपर्छ र त्यसमा एक सय घटाउनुपर्छ । जस्तोकि, तपाईंको शरीरको लम्बाइ ५ फिट ५ इन्च छ भने तपाईंको सेन्टिमिटरमा यो एक सय ७० सेन्टिमिटर हो । अब यसबाट एक सय घटाइदिने हो भने, बाँकी ७० रहन्छ ।

अतः तपाईंको उचाइ ५ फिट ५ इन्चको छ भने, तौल ७० केजी हुनुपर्छ । योभन्दा कम वा बढी तौल सही हुन्न ।

हाम्रो औसत उचाइ पाँच फिटभन्दा माथि हुन्छ ।

–  पाँच फिट उचाइ भएको मानिसको तौल ५० देखि ५४ केजीसम्म सामान्य हो ।

– ५ फिट १ इन्च उचाइ भएको व्यक्तिको तौल ५१ देखि ५५ केजीसम्म सामान्य हो ।

– ५ फिट २ इन्च उचाइ भएको व्यक्तिको तौल ५६ देखि ६० केजीसम्म सामान्य हो ।

-५ फिट ३ इन्च उचाइ भएको व्यक्तिको तौल ५७ देखि ६१ केजीसम्म सामान्य हो ।

– ५ फिट ४ इन्च उचाइ भएको व्यक्तिको तौल ५८ देखि ६३ केजीसम्म सामान्य हो ।

-५ फिट ५ इन्च उचाइ भएको व्यक्तिको तौल ६० देखि ६५ केजीसम्म सामान्य हो ।

– ५ फिट ६ इन्च उचाइ भएको व्यक्तिको तौल ६१ देखि ६६ केजीसम्म सामान्य हो ।

-५ फिट ७ इन्च उचाइ भएको व्यक्तिको तौल ६४ देखि ६९ केजीसम्म सामान्य हो ।

– ५ फिट ८ इन्च उचाइ भएको व्यक्तिको तौल ६५ देखि ७० केजीसम्म सामान्य हो ।

– ५ फिट ९ इन्च उचाइ भएको व्यक्तिको तौल ६७ देखि ७२ केजीसम्म सामान्य हो ।

-६ फिट उचाइ भएको व्यक्तिको तौल ७३ देखि ७८ केजीसम्म सामान्य हो ।

-६ फिट १ इन्च उचाइ भएको व्यक्तिको तौल ७३ देखि ८० केजीसम्म सामान्य हो ।

– ६ फिट २ इन्च उचाइ भएको व्यक्तिको तौल ७७ देखि ८३ केजीसम्म सामान्य हो ।

– ६ फिट ३ इन्च उचाइ भएको व्यक्तिको तौल ७९ देखि ८५ केजीसम्म सामान्य हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?