+
+
Shares

‘टम एण्ड जेरी’का निर्देशकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १३:०४

विश्वव्यापी रुपमा लोकप्रिय कार्टुन ‘टम एण्ड जेरी’का निर्देशक जिन डिचको मृत्यु भएको छ । ९५ वर्षको उमेरमा डिचको मृत्यु भएको हो ।

प्रागस्थित निजि निवासमा बस्दै आएका उनको गत बिहीवार निधन भएको थियो । तर, परिवारले सोमबारमात्र निधनको समचार सार्वजनिक गरेको हो । डिचकी एक श्रीमती र तीन छोरा छन् ।

डिचले ओस्कार अवार्ड पनि हात परेका थिए । उनले ‘मुन्रो’ नामक छोटो चलचित्रबाट ‘बेस्ट एनिमेटेड सर्ट फिल्म’ विधामा ओस्कार जितेका थिए ।

डिचले ‘टम एण्ड जेरी’ र ‘पोपय’को पनि निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?