Comments Add Comment

नेपाली राजनीतिक इतिहासकै दुःखद घटना : कोइराला

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले दुई अध्यादेश जारी गर्ने सरकारको निर्णयलाई नेपाली राजनीतिक इतिहासकै दुःखद घटनाको संज्ञा दिएका छन् ।

सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद (काम, बर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट मंगलबार विज्ञप्ति जारी गर्दै कोइरालो यस्तो आरोप लगाएका हुन् ।

‘यस्तो अवस्थामा सत्ताको उन्मादमा परेर राजनीतिक फाइदाको खेल प्रस्तुत गर्नुले चरित्र उदांगो भएको छ र यो नेपाली राजनीतिक इतिहासकै दुःखद घट्ना मध्ये एक हो’, कोइरालाले भनेका छन् ।

सरकारको निर्णयले संसदीय व्यवस्था नै समाप्त हुने हो की भन्ने आशंका जन्माएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment