Comments Add Comment

पार्टी एकतामा आघात पुग्ने काम नगरौं : माधव नेपाल

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन् ।

विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको भन्दै उनले पार्टी पंक्तिलाई भावनात्मक रुपले एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्ने र पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आआफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसर पारेर उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो ।’

सरकारले ल्याएको अध्यादेशलाई उल्लेख नै नगरी उनले पार्टी र सरकार कोरोना महामारीमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । कोरोनाले नेपाललाई पनि आक्रान्त पारिरहेको भन्दै उनले भनेका छन्, ‘यस विषम परिस्थितिमा सरकार पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment