Comments Add Comment

सामाजिक सञ्जालमा जे गर्दा पनि सुख छैनः नम्रता सापकोटा

नायिका नम्रता सापकोटाले कलाकारलाई सामाजिक सञ्जालमा जे गर्दा पनि सुख नभएको गुनासो गरेकी छिन् । सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावको विषयमा फेसबुक लाइभ मार्फत आफ्नो विचार राख्ने क्रममा नम्रताले कलाकारले जे गर्दा पनि नकारात्मक रुपमा नै हेरिएको गुनासो गरेकी छिन् ।

नम्रताले भनिन्–‘हिन्दी गीतमा नाच्यो भने नेपाली कलाकार भएर नेपाली गीतमा किन ननाचेको भन्ने प्रतिक्रिया आउँछ । नेपाली गीतमा नाच्यो भने कलाकारको काम छैन, गीतमा नाच्यो बस्यो भनेर प्रतिक्रिया आउँछ ।’

उनले मानिसहरू किन एक आपसमा जोडिन नसकेको भन्दै प्रश्न पनि गरेकी छिन् । नमताले जसलाई जे गर्न मन लागेको छ त्यसरी नै बस्न अपिल पनि गरेकी छिन् । अरूले के भन्छ भनेर नहेर्न पनि उनले आग्रह गरेकी छिन् ।

नरामो भन्ने मानिसको कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिन पनि उनको अनुरोध छ । नमताले ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर’ भन्दै कुन्ती मोक्तानको गीतको स्मरण गर्दै सामाजिक सञ्जालका टिप्पणीकारहरूलाई जवाफ समेत सुनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment