+
+
Shares

‘सम्हालिन्छ कहिले मन’मा पूजाको यस्तो गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १४:३९

नायिका पूजा शर्मा अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ यो वर्षको तीजमा रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ । तर, कोरोनाको असरका कारण चलचित्र तोकिएको मितिमा रिलिज हुन्छ या हुँदैन भन्न सकिने अवस्था भने छैन ।

यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र गत वर्ष नै रिलिज हुनुपर्ने हो । तर, विविध कारणले गर्दा चलचित्र रिलिज हुन सकेन ।

नायिका पूजा शर्माले भने चलचित्र रिलिज हुन ढिलाइ भएपनि चलचित्रका तस्वीरहरू एकपछि अर्को सार्वजनिक गरिरहेकी छिन्।

पूजाले चलचित्रमा समावेश एक गीतको तस्वीर सेयर गर्दै लेखेकी छिन्-‘सबै कुरा बिर्सिएर आउनुहोस् मसँग नाच्नुहोस् ।’

यो तस्वीरमा पूजा ‘मस्ती मुड’मा देखिएकी छिन् । पूजाको स्टाटसले उनको अहिले चर्चामा रहेको नायिका सुष्मा कार्कीसँगको विवादलाई लक्षित गरेपनि तस्वीरले भने उनका शुभचिन्तकहरूको उत्साहलाई अझै बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?