Comments Add Comment

भारतको अमरनाथ यात्रा स्थगित

अमरनाथ यात्रा । फाइल फोटो

१० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण जम्मु कश्मीर प्रशासनले अमरनाथ धार्मिक यात्रा स्थगित गरेको छ ।

मुख्यमन्त्री गिरिशचन्द्र मुरमु र अमरनाथ तीर्थस्थल बोर्ड प्रमुखको संयुक्त बैठकले यस वर्ष धार्मिक यात्रा स्थगित गर्ने निर्णय गरेको हो ।

अमरनाथ बोर्डका अनुसार कश्मीर क्षेत्रमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७७ छ र सो क्षेत्रलाई रेड जोनमा राखिएको छ । त्यसअघि अमरनाथको यात्रा गर्दा पर्ने बाटोका कतिपय स्थानहरु पनि रेडजोनमा पर्दछन् ।

हाल भारत सरकारले ३ मेसम्म लकडाउन घोषणा गरेको छ । त्यसपछि स्थिति के हुन्छ भन्ने खुलेको छैन । त्यसैले अमरनाथको धार्मिक यात्रा स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment