+
+
Shares

एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा चिराग गोयल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको २०औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन्।
  • झापाको बुढाबारे स्थायी घर भएका गोयल उत्पादन, व्यापार, बैंकिङ, वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य र निर्माण क्षेत्रमा संलग्न छन्।
  • गोयल सन् २०१५ को भूकम्पपछि ‘हेल्पिङ ह्यान्ड्स नेपाल’मार्फत सामाजिक अभियानमा सक्रिय रहँदै खाद्य सहयोग, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र कोभिड–१९ प्रतिकार्यमा सहभागी हुँदै आएका छन्।

२५ भदौ, झापा । उद्यमी, लगानीकर्ता तथा समाजसेवी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित भएका छन् । बैंकको २०औँ वार्षिक साधारणसभाबाट गोयल सञ्चालक समिति सदस्यमा निर्वाचित भएका हुन्।

झापाको बुढाबारे स्थायी घर भएका गोयल गोयल ग्रुपसँग आबद्ध छन्। उनी उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायत क्षेत्रमा संलग्न रहँदै आएका छन्।

गोयल एक दशकभन्दा बढी समयदेखि सामाजिक तथा मानवीय क्षेत्रमा समेत सक्रिय छन्। सन् २०१५ को भूकम्पपछि ‘हेल्पिङ ह्यान्ड्स नेपाल’मार्फत सुरु भएको उनको सामाजिक गतिविधि ‘रोबिन हुड आर्मी नेपाल’ लगायत विभिन्न संस्थासँगको सहकार्यमा निरन्तर रहेको छ।

उनले खाद्य सहयोग, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बाढी राहत तथा कोभिड–१९ प्रतिकार्यलगायतका अभियानमा सहभागिता जनाउँदै आएका छन्।

गोयल युवा उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय छन्। उनले ‘नेपालिज यङ इन्टरप्रेन्योर्स फोरम’ (एनवाईईएफ) काठमाडौंको अध्यक्षका रूपमा सन् २०२१ देखि २०२३ सम्म नेतृत्व गरेका थिए। उनी ‘नेपाल सेन्टर फर पोलिटिकल लिडरसिप’का सहसंस्थापकसमेत हुन्।

गोयलको सञ्चालक समितिमा प्रवेशसँगै बैंकको संस्थागत सुशासन तथा दीर्घकालीन मूल्य सिर्जनामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?