
११ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न जर्मनीका सबै राज्यरुले मास्क प्रयोग अनिवार्य गर्ने तयारी गरेका छन् । जर्मनीको ब्रेमेन राज्य सिनेटबाटबाट मास्क प्रयोग अनिवार्यको नीति पास गर्ने सबैभन्दा अन्तिम राज्य बनेको छ ।
सबैजसो राज्यले सार्वजनिक यातायात र किनमेल गर्न जाँदा मुख ढाक्नुपर्ने अनिवार्य व्यवस्था गरेका छन् । तर बर्लिनमा भने सामान खरिद गर्न जाँदा मास्क प्रयोग अनिवार्य गरिएको छैन ।
जर्मन चान्सलर एन्जेला मर्केलले पनि मास्कप्रयोग अनिवार्य गर्न आग्रह गरेकी छन् ।
जर्मनीमा नयाँ नियम आउँदो सोमबारदेखि कार्यान्वयन हुँदैछ । जर्मनीको उत्तरी राज्य मेकलनवर्ग वेस्टर्न पमरेनिया राज्यले मास्क प्रयोग नगरेमा २५ डलर जरिवाना तोकेको छ । अरु राज्यले भने सजाय तोकेका छैनन् ।
मास्क प्रयोग अनिवार्य गरिए पनि कस्तो मास्क लगाउने भन्ने निश्चित गरिएको छैन । तर स्वास्थ्यकर्मीलाई मेडिकल मास्क नै लगाउन भनिएको छ भने सर्वसाधारणलाई कपडाकै मास्क भने पनि लगाउन भनिएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।
तर जर्मनीको रोबर्ट कोच इन्ष्टिच्युटका अनुसार १ लाख ४५ हजार ६ सय ९४ जना संक्रमित भएक छन् भने ४ हजार ८ सय ७९ जनाको मृत्यु भएको छ ।
बुधबार जर्मनीमा २ सय ८१ जनाको मृत्यु भएको छ, जुन अघिल्लो दिनको तुलनामा झण्डै एक सय जना बढी हो ।
प्रतिक्रिया 4