Comments Add Comment

आमा भै एकचोटी बाँचेर हेर

‘आमाले त्यसबेला पनि तिम्रो भाषा सुन्थिन्, जतिबेला तिमी बोल्न सक्दैनथ्यौं ।’ हामी अवोध शिशु थियौं । कुनै कुरा व्यक्त गर्नुपरे रोइदिए पुग्थ्यो । त्यसबेला हाम्रो मनोभाव बुझ्ने अरु को हुन्थे ? आमा नै त हो ।

हाम्रो खातिर उनले कैयौ रात सुतेनन् । हाम्रै खातिर उनले कैयौ छाक सन्तोषले खाएनन् । हाम्रो खातिर उनले आफ्नो सुख त्यागे । हाम्रो खातिर उनले आफुलाई भुले ।

जब हामी मिठो मानेर दुध चुस्थ्यौं, उनलाई परम सन्तुष्ट मिल्थ्यो । जब हाम्रो ओंठमा निच्छल हाँसो फैलन्थ्यो, उनी उमंगित हुन्थिन् । जब हामी मस्त निदाउँथ्यौं, उनलाई चैन हुन्थ्यो ।

तर, आज आमा पाको हुँदैछिन् र हामी जवान । आज आमा कुप्रिदैछ र हमी  अग्लिदै । आज आमाको हातगोडा चल्न छाडेको छ र हामी चलायमान छौं ।

अब सोचौं त,

के हामीले आमालाई उसैगरी सुम्सुम्याएका छौं, जसरी वाल्यकालमा उनका मायालु हातहरुले सुम्सुम्याउथे ?

के आज आमाको वेदना र छटपटीमा हामीले आफ्नो न्यानो छातीमा टाँसेर थमथमाएका छौं ?

के आज आमाको पेट भोको हुँदा, हामीले गाँस छाडेका छौं ?

के आज आमा फुरुंग भइदिदा हामी परम आनन्दले नाचेका छौं ?

तर, आज हाम्रो मनबाट आमाको गुण र महिमा विस्मृत हुँदै गएको छ । हाम्रो मनबाट आमाको स्नेह र ममता हराउँदै गएको छ । जसको गर्भमा हामीले आफ्नो जीवन पायौं, जसको दुध चुसेर हाम्रो शरीर बन्यो, जसको काखमा खेलेर हाम्रो वाल्यकाल वित्यो उनै आमा आज हामीलाई बोझिलो लाग्न थालेको छ ।

आमाको महिमा

आमा धर्ती हुन् । सृष्टि हुन् । यो संसार आमाभित्र समाहित छ । आमा प्रेमका साक्षत मूर्ति हुन् । तिनै आमा, जसको काखमा लडीबुडी गर्दै हामी हुर्कियौ । तिनै आमा, जसको छातीमा टाँसिएर मनको वह पखाल्यौ । तिनै आमा, जसको औला समाएर हामीले हिँड्न सिक्यौ ।

तिनै आमा, जसले हामीलाई बोल्न सिकाइन्, खेल्न सिकाइन् । उनी हाम्रो जन्मदाता, उनी हाम्रा गुरुआमा, उनै हाम्रो आदर्श, उनै हाम्रो सुखीको स्रोत ।

आमाको ऋण हामीले कहिल्यै चुकाउन सक्दैनौ । आमाले हामीलाई प्राण दिनका लागि आफ्नो प्राणलाई दाउमा लगाएकी छिन् । आफु मृत्यु झेलेर हामीलाई जीवन दिएकी छिन् । आज उनै आमालाई सम्झने दिन । आमाको महिमालाई स्मरण गर्ने दिन । ति तमाम आमाप्रति श्रद्धा, स्नेह, सम्मान गरौं, जसले सृष्टिलाई चलयमान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment