Comments Add Comment

आमालाई सम्झिँदै प्रकाशमानले भने- मातृभूमिको रक्षा गर्नुपर्ने जिम्मेवारी छ

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमालाई स्मरण गर्दै मातृभूमिको रक्षा गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् । उनले सर्वसत्तावाद र अधिनायकवादबाट देशलाई जोगाउन संघर्ष गरिरहने पनि बताएका छन् ।

‘मानव जीवनको चोला सार्थक बनाउनु छ । नेपाल देश पनि आमा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अनि विभिन्न बहानामा प्रकट हुँदै आएका प्रहारबाट नेपाल आमालाई बचाउनु पर्ने महत्वपूर्ण जिम्मेवारी छ,’ प्रकाशमानले आमा मंगलादेवी सिंहको फोटो फेसबुकमा राखेर लेखेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले लेखेका छन्, ‘हालसम्मका उपलब्धिको रक्षा गर्दै, यो या त्यो बहानामा प्रकट भएका सर्वसत्तावाद र अधिनायकवादबाट बचाउन म संघर्ष गरिरहने छु ।’

उनले सम्पूर्ण जनसमुदायलाई पनि नेपाल आमाविरुद्ध भइरहेका प्रहारबाट जोगाउन आ-आफ्नो ठाउँमा पहल गर्न अपिल गरेका छन् ।

‘यति बेला जनजीवन कोरोना भाइरस संक्रमणको कारण अस्तव्यस्त छ । मलाई थाहा छ तपाईं हामी सबैको दैनिकी सहज छैन । यस्तो विषम परिस्थितिमा जनजीवन सम्बोधन गर्नुभन्दा सरकार अधिनायकवाद उन्मुख हुँदैछ,’ सिंहले भनेका छन्, ‘तपाईं हामी झनै चनाखो बन्दै यो विपत्तिबाट नेपाल आमालाई जोगाउनु छ । आउनुहोस् सबैखाले अतिवाद, निरंकुश शैलीको मिलेर सामना गरौं र यो मातृभूमीको रक्षा गरौं ।’

आमाको मुख हेर्ने दिन र लोकतन्त्र दिवसको अवसरमा उनले सबै नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमालाई स्मरण गर्दै मातृभूमिको रक्षा गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् । उनले सर्वसत्तावाद र अधिनायकवादबाट देशलाई जोगाउन संघर्ष गरिरहने पनि बताएका छन् ।

‘मानव जीवनको चोला सार्थक बनाउनु छ । नेपाल देश पनि आमा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अनि विभिन्न बहानामा प्रकट हुँदै आएका प्रहारबाट नेपाल आमालाई बचाउनु पर्ने महत्वपूर्ण जिम्मेवारी छ,’ प्रकाशमानले आमा मंगलादेवी सिंहको फोटो फेसबुकमा राखेर लेखेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले लेखेका छन्, ‘हालसम्मका उपलब्धिको रक्षा गर्दै, यो या त्यो बहानामा प्रकट भएका सर्वसत्तावाद र अधिनायकवादबाट बचाउन म संघर्ष गरिरहने छु ।’

उनले सम्पूर्ण जनसमुदायलाई पनि नेपाल आमाविरुद्ध भइरहेका प्रहारबाट जोगाउन आ-आफ्नो ठाउँमा पहल गर्न अपिल गरेका छन् ।

‘यति बेला जनजीवन कोरोना भाइरस संक्रमणको कारण अस्तव्यस्त छ । मलाई थाहा छ तपाईं हामी सबैको दैनिकी सहज छैन । यस्तो विषम परिस्थितिमा जनजीवन सम्बोधन गर्नुभन्दा सरकार अधिनायकवाद उन्मुख हुँदैछ,’ सिंहले भनेका छन्, ‘तपाईं हामी झनै चनाखो बन्दै यो विपत्तिबाट नेपाल आमालाई जोगाउनु छ । आउनुहोस् सबैखाले अतिवाद, निरंकुश शैलीको मिलेर सामना गरौं र यो मातृभूमिको रक्षा गरौं ।’

आमाको मुख हेर्ने दिन र लोकतन्त्र दिवसको अवसरमा उनले सबै नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मातातीर्थ औंसीको दिन आफूलाई जन्म दिने आमालाई स्मरण गर्दै मातृभूमिको रक्षा गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी आएको बताएका छन् । उनले सर्वसत्तावाद र अधिनायकवादबाट देशलाई जोगाउन संघर्ष गरिरहने पनि बताएका छन् ।

‘मानव जीवनको चोला सार्थक बनाउनु छ । नेपाल देश पनि आमा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अनि विभिन्न बहानामा प्रकट हुँदै आएका प्रहारबाट नेपाल आमालाई बचाउनु पर्ने महत्वपूर्ण जिम्मेवारी छ,’ प्रकाशमानले आमा मंगलादेवी सिंहको फोटो फेसबुकमा राखेर लेखेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले लेखेका छन्, ‘हालसम्मका उपलब्धीको रक्षा गर्दै, यो या त्यो बहानामा प्रकट भएका सर्वसत्तावाद र अधिनायकवादबाट बचाउन म संघर्ष गरिरहने छु ।’

उनले सम्पूर्ण जनसमुदायलाई पनि नेपाल आमाविरुद्ध भइरहेका प्रहारबाट जोगाउन आ-आफ्नो ठाउँमा पहल गर्न अपिल गरेका छन् ।

‘यति बेला जनजीवन कोरोना भाइरस संक्रमणको कारण अस्तव्यस्त छ । मलाई थाहा छ तपाईं हामी सबैको दैनिकी सहज छैन । यस्तो विषम परिस्थितिमा जनजीवन सम्बोधन गर्नुभन्दा सरकार अधिनायकवाद उन्मुख हुँदैछ,’ सिंहले भनेका छन्, ‘तपाईं हामी झनै चनाखो बन्दै यो विपत्तिबाट नेपाल आमालाई जोगाउनु छ । आउनुहोस् सबैखाले अतिवाद, निरंकुश शैलीको मिलेर सामना गरौं र यो मातृभूमिको रक्षा गरौं ।’

आमाको मुख हेर्ने दिन र लोकतन्त्र दिवसको अवसरमा उनले सबै नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment