+
+
Shares

अजय स्टारर ‘रेड’को सिक्वेल बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते १३:३४

बलिउड नायक अजय देवगण र नायिका इलियाना डिक्रुजको मुख्य भूमिका रहेको चलचित्र ‘रेड’ रिलिज भएको २ वर्ष भयो ।

यो चलचित्र बक्स अफिसमा सफल भएको थियो । नायक देवगणको करिअरका लागि पनि यो चलचित्र महत्वपुर्ण मानिन्छ । उक्त चलचित्र रिलिज भएको २ वर्षपछि यसको सिक्वेल बन्ने भएको छ ।

टिसिरजका मालिक भुषण कुमारले अजयसँग ‘रेड र तान्हाजी’को निर्माणमा हातेमालो गरेका थिए । अब, उनले ‘रेड २’को निर्माणमा पनि हातेमालो गर्ने तयारी गरेका छन् । यो चलचित्रले पनि बर्दी नलगाएका राष्ट्र सेवकहरुको कथालाई भन्नेछ ।

भुषण कुमारले भारतीय मिडियालाई दिएको जानकारी अनुसार, अजयसँग उनको सिक्वेलमा सम्झौता भइसकेको छ । चलचित्रको कथा अहिले तयार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?