+
+
Shares

काठमाडौका मस्जिदमा रहेका सबैको कोरोना परीक्षण सुरु

रासस रासस
२०७७ वैशाख १२ गते १७:३६

१२ वैशाख, काठमाडौं । सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) सुरु गरिएको छ । उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तीमध्ये तीन जना काठमाडौंमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?