Comments Add Comment

सप्तरी र सिराहाका स्थानीय तहलाई स्वास्थ्य सामग्री

१२ वैशाख, जनकपुरधाम । सप्तरी र सिराहाका केही स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

सप्तरीको बिष्णुपुर र राजगढ गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

यस्तै, सिराहाको सिराहा, कल्याणपुर तथा कर्जन्हा नगरपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

वेल्ट हङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्रको समन्वयमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

यी स्थानीय तहहरुमा आइआर थर्माेमिटर, सर्जिकल माक्स, एन ९५ मास्क, डिस्पोजेवल पञ्जा, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री प्रदान गरिएको दलित सरोकार मञ्चका राजकुमार पासवानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment