+
+

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते ६:३३

१३ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने कुल मृतक संख्या ५१ हजार १७ पुगेको छ ।

अमेरिकामा कोरोना सक्रमितको संख्या ८ लाख ९० हजार पुगेको छ । तर अमेरिकामा मृत्यु दर भने युरोपका देशका तुलनामा कम भएको त्यहाँको सरकारले बताएको छ ।

अमेरिकाको जर्जिया, आलास्का, ओक्लाहोमालगायत केही राज्यमा शुक्रबारदेखि नै पसलहरु खोल्न थालिएको छ । कोरोना भाइरसको संक्रमण हुने र मृत्यु हुनेमा अमेरिका पहिलो नम्बरमा रहेको छ । यद्यपि यहाँका जनसंख्या पनि धेरै रहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका कोभिड १९ टास्क फोर्सका विज्ञ डा. डेबोर ब्रिक्सका अनुसार अमेरिकामा कोभिड १९ को मृत्युदर विश्वका अरु देशको तुलनामा कम छ । जनसंख्याको आधारमा स्पेन, इटली, फ्रान्स, बेल्जियम र बेलायतमा भन्दा अमेरिकामा मृत्युदर कम रहेको उनको दावी छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको मृत्युदर प्रति एक लाखमा १५ जना मात्र रहेको छ । जबकी इटलीमा प्रति एक लाखमा ४२, स्पेनमा ४७, फ्रान्समा ३२, वेल्जियममा ५६ र बेलायतमा २८ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?