Comments Add Comment

न्युयोर्कमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या मार्च ३१ यताकै कम

१३ वैशाख, काठमाडौं । अमेरिकाको न्युयोर्कमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या गत मार्च ३१ यताकै कममा झरेको छ ।

शुक्रबार न्युयोर्कको सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४२२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यसअघि मार्च ३१ मा ३९१ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म न्युयोर्कमा २१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले पछिल्लो समय न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विस्तारै कम हुँदै गए पनि यो महामारी अझै विनाशकारी रहेको बताएका छन् ।

उनले पछिल्लो समय विस्तारै महामारीको प्रकोप कम हुँदै गए पनि अझै सतर्क रहनुपर्ने बताएका छन् । उनले छिटै भौतिक दुरी कायम राख्ने नियम हटाइएको खण्डमा त्यसको परिणाम खराब हुन सक्ने चेतावनी पनि दिएका छन् ।स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment