+
+
Shares

लकडाउनमा तयार पारे सन्दीपले सर्ट फिल्म ‘लकडाउन’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १४:५०

कोरोनाबाट बच्नको लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा चलचित्रजन्य क्रियाकलापहरू पूर्णत: रोकिएका छन् । कलाकार फुर्सदिला बनेका छन् । उनीहरू पनि घरमा थुनिएर बस्न बाध्य छन् ।

होम क्वारेन्टाइनमा नै बस्दै आएका हास्यकलाकार सन्दीप क्षेत्रीले भने एक छोटो चलचित्र तयार गरेका छन् । उनले घरमा बसेर नै विभिन्न कलाकारहरू अभिनय गराएर भिडियो तयार गरेका छन् ।

‘लकडाउन’ नाम दिइएको उक्त छोटो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, निर्मल शर्मा, सञ्जय श्रेष्ठ लगायतलाई पनि फिचर छन्।

उक्त भिडियो सन्दीपले सबै कलाकारलाई भेटेर तयार गरेका होइनन् । सबै कलाकारहरूलाई सन्दीपले उनीहरूको भूमिका पठाए । उनीहरूले बोल्नु पर्ने संवाद पठाए । सोही अनुरुप कलाकारहरू आफैँले उक्त भिडियो खिचेर सन्दीपलाई पठाएका हुन् ।

सन्दीप आफैँले लेखेको उक्त छोटो चलचित्रमा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक युवाको कथालाई प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?