Comments Add Comment

कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई जना बालकको मृत्यु

१३ वैशाख, कैलाली । कैलालीको कन्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-१२ शिवपुरका-११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका छन् ।

घर नजिकैको कन्द्रा नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

शनिबार नै पौडी खेल्ने क्रममा रामेछापमा सुनकोसी नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment