Comments Add Comment

चोकरयुक्त खानेकुरा : पेटलाई सफा राख्न

गुहँको ब्रोकालाई नै चोकर भनिन्छ । यसमा आइरन, क्याल्सियम तथा भिटामिन ‘बी’ पनि पर्याप्त पाइन्छ, जसले शरीरमा रगतको मात्रा बढाउनसका साथै हड्डी बलियो बढाउन तथा भोक बढाउन सहायता प्रदान गर्छ ।

चोकरयुक्त आटा 

आटामा चोकरहुन निकै जरुरी छ । किनकी यसको सेवनले पेट सफा हुन्छ । आटामा रहेको चोक्करलाई कहिल्यै फाल्नु हुँदैन । बरु चोक्करलाई नरम बनाउन आटा मुछेर केही समय राख्न सकिन्छ ।

मैदाको विकल्प हो, आटा । मैदालाई मन्द विष भन्छि, जो एकदमै अस्वस्थ्यकर हुन्छ पनि । त्यसैले रोटी खानुहोस् वा पराठा, आटाको प्रयोग गरिन्छ । यो बजारमा सहजै उपलब्ध हुन्छ पनि । तर, बजारमा पाइने रिफाइन्ड आटा एकदमै हानिकारक हुन्छ । रिफाइन्ड आटा होइन, चोकरयुक्त आटा सेवन गर्नुपर्छ, जो स्वास्थ्यका लागि लाभदायक छ । के छ त यसको फाइदा ?

१. शोधकर्ताका अनुसार चोकरले रगतमा इम्यूनोग्लोब्यूलीन्सको मात्रा बढाउँछ, जो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ । यसले टिबी जस्ता खतरनाक रोगबाट लड्ने ताकत समेत दिन्छ ।

२. पाइल्सको समस्या छ भने चोकरयुक्त आटा सेवन गर्नुहोस् । यो आन्द्रा तथा मलाशयको क्यान्सरबाट बचाउन पनि उपयोगी मानिएको छ । चोकरयुक्त आटाले पेट सफा राख्छ ।

३. फाइबरले भरपुर हुने भएकाले चोकरयुक्त आटाको प्रयोग पाचन सम्बन्धी कुनैपनि समस्या हटाउन लाभदायक हुन्छ । यसले कब्जियतको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

४. चोकरयुक्त आटाको प्रयोग कोलेस्ट्रोल क मगर्नका लागि पनि उपयोगी मानिन्छ । जसलाई मोटोपनको समस्या छ, हृदय रोग छ, उनीहरुले चोकरयुक्त आटा सेवन गर्नुपर्छ ।

५. तपाई प्रकृतिक रुपमा आफ्नो तौल घटाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईका लागि चोकरयुक्त आटा उपयोगी हुनसक्छ । यसको सेवनले तौल नियन्त्रण राख्न मद्दत मिल्छ ।

फाइबरबारे जान्नै पर्ने कुरा ?  

–जुसको सट्टा ताजा फलफूलमा रेशाको मात्रा धेरै हुन्छ ।

–फलफूलको सेवन गदाए ब्रोका सहितको फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्छ ।

–साबुत अनाज र चोक्करयुक्त आटा पेटको लागि निकै लाभकारी छ ,

–फाइबरको मात्रा बढाउँदा पानीको मात्रा बढाउन पनि उत्तिकै जरुरी छ ।

–अंकुरित दाल तथा गेडागुडीको सेवन नियमित गर्ने ।

–प्राकृतिक फाईबरमा पोषणको मात्रा धेरै हुन्छ ।

–चना, मकैलाई तेलमा पकाउनु भन्दा भुटेर खाँदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment