
अहिलेसम्म विश्वको सबैभन्दा अग्लो भवन दुबइको बुर्ज खालिफा हो । यसको उचाइ झण्डै ८३० मिटर अर्थात् २७ सय २२ फिछ रहेको छ ।
तर अबको दुई वर्षमा बुर्ज खालिफाको कीर्तिमानी तोड्ने अर्को गगनचुम्बी भवन ठडिँदैछ ।
साउदी अरबमा बन्न लागेको उक्त भवन बुर्ज खालिफालाई उछिन्दै विश्वकै अग्लो भवन हुनेछ । जसको उचाइ ३२ सय ८१ फिट अर्थात् १ हजार मिटर हुनेछ ।
उक्त विश्वकै अग्लो भवनको नाम जेद्दा टावर हुनेछ । यसअघि उक्त टावरको नाम किंगडम टावर हुने बताइएको थियो ।
उक्त भवनमा भूमिगत बाहेक १ सय ६७ वटा तला हुनेछन् । त्यस्तै जमिनमुनि थप २ वटा तल्ला रहनेछन् ।
जेद्दा इकोनोमिक कम्पनीले उक्त भवन बनाउन लागेको हो । चर्चित आर्किटेक्ट एडि्रयान स्मिथले उक्त भवनको डिजाइन गरेका हुन् ।
सन् २०२२ सम्ममा उक्त टावर सञ्चालनमा आइसक्ने अपेक्षा गरिएको छ । तथापि सन् २०१८ देखि उक्त भवनको निर्माण कार्य रोकिएको छ र यो वर्षबाट पुनः सुरु हुने अपेक्षा गरिएको छ । अहिलेसम्म भवनको २ सय ४८ मिटर बनिसकेको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4