
मुस्लिम समुदायको प्रमूख पर्व हो, रमजान । यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार ब्रत । अर्को दान वा गरिब–दुःखीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धिकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित । त्यसैले त रमजान पवित्रता र पूण्यको पर्व हो ।
पवित्र महिना
यो महिनालाई रमजान वा रमदान भनिन्छ । इस्लामी क्यालेन्डरको नवौं महिनामा रमजान पर्छ । रमजानको महिन मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । मुस्लिम समुदयले यस महिनालाई पवित्र महिना मान्ने गर्छन् ।
दिनभर निराहार
यो पर्व एक महिनासम्म मनाइन्छ । यस अवधीमा दिनभर उपवास बस्ने गरिन्छ । सूर्योदयअघि केही खानेकुरा खाएर सुरु गरिने रोजा सूर्योअस्तपछि फलफूल तथा मिठाई खाएर पुरा गरिन्छ । राती सुत्नुअघि कुरान पढ्ने गरिन्छ ।
खराब बानी छुटाउने
रमजानको अवधीमा खराब लतहरु छुटाउनुपर्छ । अर्थात मदिरापान गर्ने, चुरोट सेवन गर्ने, गुट्खा खाने जस्ता कुराहरु यतिबेला निषेध हुन्छ । त्यसैले रमजानलाई यस्ता खराब लतबाट छुटाएर आफुलाई शुद्ध बनाउने पर्व पनि मानिन्छ । आफु पवित्र भइसकेपछि मात्र रोजा बस्न पाइन्छ । गर्भवती, बुढापाका, बालबच्चा, रोगी वा अशक्त बाहेक सबैले रोजा बस्नुपर्छ ।
पूण्य एवं सेवा भाव
रमजानले सेवाभावप्रति प्रेरित गर्छ । यसबेला आफुभन्दा गरिब, असाहयलाई सहयोग गर्ने, दान दिने जस्ता पूण्यको काम गर्नुपर्छ । यो हिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया 4