Comments Add Comment

विलासी जीवनशैली : रोगको भय

विगतमा सरुवा रोगले अत्याधिक मानिसलाई सताउने गर्थ्यो । यसको मृत्युदर पनि उच्च थियो । नसर्ने रोगबाट उति धेरै भय थिएन ।

अहिले स्थिति ठ्याक्कै उल्टो भएको छ । सर्ने रोगबाटभन्दा नसर्ने रोगबाट धेरैजना ग्रसित छन् । विगतमा ६० प्रतिशत व्यक्तिको मृत्यु सरुवा रोगबाट हुन्थ्यो भने ४० प्रतिशत नसर्ने रोगबाट । अहिले भने सरुवा रोग धेरै हदसम्म नियन्त्रणमा छ भने नसर्ने रोगको संख्या बढ्दो छ र नसर्ने रोगको यो भयावह वृद्धिदरमा जिम्मेवार छ जीवनशैली ।

खासगरी ऐसआरामपूर्ण जीवनशैली र मीठोमसिनो खानेकुरा खोज्ने हाम्रो बानी नै रोगको कारण बनेको छ । विलासी जीवनशैलीकै कारण शारीरिक श्रम र सक्रियता घटेको छ । यसैले रोगको जोखिम अरू बढेको छ ।

हड्डी खिइने एवं ढाँडको समस्या

अहिले धेरैजसो मोटरसाइकल वा गाडीमा यात्रा गर्छन् । पैदल हिँड्दैनन्। कतिसम्म भने घर नजिकको तरकारी पसलसम्म पुग्न पनि मोटरसाइकल चढ्ने गरिन्छ । यसले धेरैलाई ढाडको समस्याले ग्रस्त बनाएको छ । हड्डी खिइने, नसा च्यापिने समस्यासमेत छ ।

हड्डीसम्बन्धी उपचार गर्ने चिकित्सककाअनुसार गलत खानपान, विलासी जीवनशैली तथा अव्यवस्थित जीवनचर्याका कारण पनि हड्डी तथा जोर्नीसम्बन्धी समस्याबाट पीडित हुने गरेका छन् ।

लामो समयको यात्रा वा लामो समयसम्म एउटै आसनमा बसेर काम गर्नाले रक्तसञ्चारमा अवरोध सिर्जना हुन्छ। जसले शरीरमा पीडा हुनुका साथै हड्डीलाई कडा बनाउँछ । कामको क्रममा केही मिनेटको विश्रामले शरीरमा रक्तसञ्चार प्रभावकारी रुपमा हुनुका साथै हड्डी स्वस्थ रहन्छ ।

अत्याधिक मदिरापान, पेय पदार्थ, जंकफुड लगायतको सेवनले हड्डीलाई खोक्रो बनाइरहेको हुन्छ ।  जसले गर्दा हड्डी भाँचिने वा टुट्ने समस्या धेरै हुनेगर्छ । हड्डीलाई बलियो बनाउन यस्ता पेय पदार्थको परित्याग गरी क्यालिसयम तथा भिटामिन डी युक्त यस्ता खानेकुरा खानुपर्छ ।

मधुमेहको समस्या

मधुमेहलाई त खानदानी रोग नै भनिन्छ । के पनि भनिन्छ भने यो रोग धनीहरूलाई लाग्नेगर्छ । रोगले धनी-गरिबबीच भेद त गर्दैन । यद्यपि यस भनाइको आशय के हो भने ऐसआरामको जिन्दगी बिताउनेहरू मधुमेहको जोखिममा पर्छन् ।

खासगरी सु:खसुविधाका लागि आराम खोज्नेहरू, मीठोमसिनो खानेकुरा खानेहरू मधुमेहले ग्रस्त हुने गर्छन् । त्यसैले त मधुमेह शहरी क्षेत्रमा बढी देखिएको छ । एक तथ्यांकअनुसार नेपालका ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा अत्याधिक मात्रामा मधुमेह रोगी छन् ।

नेपालमा कुल ३० हजार जनसंख्यामध्ये करिब ४१ दशमलव ५ प्रतिशत पुरुष तथा ५८ दशमलव ५ प्रतिशत महिला मधुमेह रोगबाट पीडित छन् ।

मधुमेहको जोखिम सहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामीण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्ये पनि टाइप-२ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।

अहिले मधुमेह रोगी दिनहुँ बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खराब खानेकुरा र व्यायामको कमीले मधुमेह जस्ता रोग निम्याउने गर्छ ।

उच्च रक्तचाप

उच्च रक्तचाप अहिले धेरैको निम्ति टाउको दुखाइको विषय बनेको छ । युवा अवस्थामै धेरैजसो उच्च रक्तचापको रोगी भएका छन् र औषधि सेवन गर्नुपर्ने अवस्थामा पुगेका छन् । उच्च रक्तचापको रोगी बढ्नुको मुख्य कारण हो । उनीहरूले अपनाएको खराब जीवनशैली ।

धपेडीपूर्ण दैनिकी, खराब खानपान, अनिद्रा, तनाव जस्ता कुराले धेरैलाई उच्च रक्तचापको जोखिममा पारेको छ । एकातिर अस्तव्यस्त दिनचर्या, अर्कोतिर समुचित व्यायाम, सुपाच्य खानपान र पर्याप्त निद्राको कमी, यही कारण धेरैलाई उच्च रक्तचापको जोखिम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment