Comments Add Comment

अलपत्र परेका नागरिक गाउँ फर्काउँदै ठोरी गाउँपालिका

१५ वैैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकलाई गाउँ फर्काउन सुरु गरेको छ ।

आइतबार पहिलो दिन चार वटा बसमार्फत दुई सय जना गाउँवासीलाई घर फिर्ता लगेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बसेका उनीहरु घर र्फकन नपाउँदा समस्यामा परेको गुनासो आएपछि उद्धार थालिएको श्रेष्ठले बताए ।

सोमबार ८ वटा बसमार्फत ४०० भन्दा बढीको संख्यामा ठोरीवासीलाई लैजाने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए । सरकारले लकडाउनको समय बढाउँदै लैजाँदा काठमाडौंमा रोजगारी तथा अध्ययनका सिलसिलामा बसेका नागरिक समस्यामा परेका कारण प्रशासनको समन्वयमा घरफिर्ता लैजान व्यवस्था मिलाइएको उनले बताए ।

स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँपालिकाको एक टोली आफ्ना नागरिक लिन काठमाडौं पठाइएको उनले बताए ।

टोलीमा सहभागी स्थानीय नेकपाका युवा नेता निमा लामा पाखि्रनले भने, ‘गाउँ र्फकन चाहनेहरुका लागि सोमबार कलंकी, स्वयम्भू, बौद्ध, रत्नपार्क, बालाजु, भक्तपुर, रत्नपार्क, ग्वार्को र गोकर्णबाट बस चढ्ने व्यवस्था मिलाएका छौं । चारसय भन्दा बढीको संख्याका ठोरीवासीहरु घर र्फकनका लागि सम्पर्कमा आइसकेका छन् ।’
घरर्फकन चाहनेहरुको स्वास्थ्य चेकजाँच गरेपछि मात्रै बसमा चढाउने व्यवस्था मिलाइएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार काठमाडौंबाट गाउँर्फकन चाहनेहरु २ हजार भन्दा बढी रहेका छन् । प्रशासनसँग समन्वय गरेर उनीहरुलाई गाउँर्फकने व्यवस्था मिलाइने उनले बताए । उनका अनुसार लकडाउनकै समयमा धेरै मानिसहरु हिँडेरै गाउँ फर्किएका छन्।

निःशुल्क रुपमा गाउँ र्फकने व्यवस्था मिलाएको गाउँपालिकाले काठमाडौंमा र गाउँमा पुगेपछि ओर्लने स्थानमा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले बताए । गाउँ फर्किएकाहरुलाई घरकै क्वारेन्टाइनमा बस्ने सुझाव दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment