Comments Add Comment

वीरगञ्जमा संक्रमितको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षण हुँदै

१५ वैशाख, वीरगञ्ज । कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका सफाइकर्मीको सम्पर्कमा आएका ३३ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ ।

वीरगञ्ज महानगरपालिका-३ छपकैया घर भएका महानगरका एक जना सफाइकर्मीमा आइतबार कोभिड–१९ संक्रमण पुष्टि भएसँगै ट्राभल हिष्ट्रीको आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो ।

पहिलो चरणमा प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । वडा नं ३ छपकैयाका संक्रमितको परिवारका सदस्य ७ जना, वडाका जनप्रतिनिधिसहित ३३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

‘कोभिड–१९ संक्रमणको पुष्टि भए लगत्तै परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो । ट्राभल हिष्ट्रीका आधारमा प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको थ्रोट स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘ अबेर साँझसम्म स्वास्थ्यकर्मी साथीहरुले खटेर थ्रोट स्वाबको नमुना संकलन गरेका छन् ।’

कन्ट्याक्ट ट्रेसिङको कामलाई सोमबार पनि निरन्तरता दिइरहेको उनले बताए ।
वीरगञ्ज–१६ का संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान भइसकेको उनले बताए ।

पर्सामा हाल सर्लाहीका एक सहित तीन जना संक्रमित वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेसनमा छन् । १ सय १९ जना महिलासहित ३ सय २१ जना होम क्वारेन्टाइनमा, १० महिलासहित १ सय १४ जना जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा ४ जना महिलासहित १ सय २१ जना अलपत्र भारतीय नागरिकलाई राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment