Comments Add Comment

काठमाडौंबाट आएकालाई २१ दिन क्वारेण्टाइनमा राखिने

१५ वैशाख, डोटी । काठमाडौंबाट सोमबार गृहजिल्ला आएका डोटीका ७३ जनालाई २१ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।
बन्दाबन्दी -लकडाउन) का कारण काठमाडौंमै अलपत्र परेकाहरुलाई स्थानीय तहहरुले पहल गरी घर फर्काएका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको सवारी पास लिएर आइतबार प्रस्थान गरेका बा५ख २८६१ र बा५ख २८७३ नम्बरका दुई बसबाट उनीहरु सोमबार डोटी पुगेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

सम्बन्धित स्थानीय तहहरुले नै व्यवस्थापन गर्ने गरि उनीहरुलाई क्वारेन्टाइनमा राखिने डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय डोटीलाई कुनै जानकारी नदिइ ती व्यक्तिहरु एक्कासी डोटीको बुडर पुगेपछि आफूलाई खबर आएको प्रमूख जिल्ला अधिकारी पौडेलले बताए ।

डोटी भित्रिएकाहरुमा पूर्वीचौकी गाउँपालिकाका ३४, बोगटान फुडि्सल गाउँपालिकाका १९, केआईसिंह गाउँपालिकाका ९, आदर्श गाउँपालिकाका ७ तथा शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २/२ जना रहेको प्रहरीले जनाएको छ ।
डकडाउनका बेला काठमाण्डौबाट डोटी ल्याइएकोमा स्थानीयहरुले मिश्रति प्रतिक्रिया दिएका छन् ।स्थानीय तहहरुले राम्रो काम गरेको कतिपयको बुझाइ रहेको छ ।

कतिपयले यसरी बाहिरबाट मान्छेहरु ओसार्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै यसो नगर्नसमेत आग्रह गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment