Comments Add Comment

सुदूरपश्चिममा १५ हजार जनामा कोरोना परीक्षण

१६ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशका १५ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गरिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रयोगशालामा (पीसीआर प्रविधि) दुई हजार सात सय ६१ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट १२ हजार २ सय ८३ जनाको परीक्षण गरिएको छ ।

पीसीआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये चार जना निको भएर घर गएका छन् भने एक जना उपचाररत छन् ।

र्‍यापिड टेष्ट गरिएकामध्ये १० जनामा पोजेटिभ देखिए पनि उनीहरुको पीसिआर नेगेटिभ देखिएको बताइएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार कैलालीमा सबैभन्दा बढी चार हजार आठ सय १९ जना र्‍यापिड टेष्ट गरिएको छ ।

यस्तै अछाममा आठ सय ५६, बैतडीमा चार सय ९९, बझाङमा सात सय ८०, बाजुरामा एक हजार ७५, डडेल्धुरामा दुई सय १०, दार्चुलामा ६ सय ४७, डोटीमा एक हजार ६ सय ८४ र कञ्चनपुरमा एक हजार सात सय १३ जनामा र्‍यापिड टेष्ट गरिएको छ ।

यस्तै सोमबारसम्मको तथ्याङ्क अनुसार एक सय ६८ महिलासहित एक हजार तीन सय सात जना क्वारेण्टाइनमा बसेका छन् । सुदूरपश्चिमका तीन सय ४८ स्थानमा सात हजार पाँच सय ३५ बेड क्षमताका क्वारेण्टाइनसथल छ ।

यस्तै प्रदेशका विभिन्न जिल्लामा गरी एक सय ५४ आइसोलेसन वार्ड रहेको सामाजिक मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विभिन्न जिल्लाका आइसोलेसनमा बसेर हालसम्म एक सय नौ जना डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment