Comments Add Comment

दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु

१६ वैशाख, जनकपुरधाम । सर्लाहीको हरिपूर्वा नगरपालिका–८ मा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ ।

स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झडामा ३५ वर्षकी सैदुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पनि अभिभावकहरु पनि मिसिएका सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

झगडाका क्रममा गम्भीर घाइते भएकी सैदुनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लैलाने क्रममा मृत्यु भएको उनले बताए ।

कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरी घटनाको अन्य अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment