Comments Add Comment

चलचित्र रिलिज रोकिँदा सुदर्शन–पूजाको साढे २ करोड लगानी जोखिममा

कोरोना भाइरसको सन्त्रासका कारण नेपाल विगत एक महिनाभन्दा लामो समयदेखि लकडाउनमा छ । नेपाली चलचित्र क्षेत्र भने लकडाउन हुनुभन्दा अगाडिदेखि नै प्रभावित हुन थालेको थियो । दर्शक हलमा आउन छोडेपछि केही निर्माताले अन्तिम समयमा आएर चलचित्रको रिलिज स्थगित गर्नुपर्यो ।

यसरी कोरोनाको मारमा परेका निर्मातामध्ये एक हुन्, सुदर्शन थापा र पूजा शर्मा । उनीहरुले बनाएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज फागुनको २४ गते स्थगित भएको थियो, जबकि फागुन ३० गते चलचित्र रिलिज गर्ने सबै तयारी उनीहरुले गरिसकेका थिए ।

सुदर्शनका अनुसार विभिन्न माध्यमबाट पब्लिसिटी गर्न मात्रै करिब ३२ लाखभन्दा खर्च भइसकेको थियो । अब कोरोनो त्राश हटेर कहिले दर्शक हलमा फर्किन्छन् भन्ने टुंगो नहुँदा निर्माताहरु चिन्तामा परेका छन् ।

थापाले भने– ‘चलचित्रमा लगानी गरिएको साढे २ करोड अहिले फ्रिजजस्तो छ । हामी हलमा दर्शक आउने माहोल नभएसम्म चलचित्र रिलिज गर्ने पक्षमा छैनौ ।’

चलचित्र प्रदर्शन गर्ने अवस्था आएपछि फेरि प्रमोसनमा जानुपर्ने हुन्छ र उत्तिकै खर्च लाग्छ । सुदर्शनका अनुसार कोरोनाको सन्त्रास विश्वमा छरिएका कारण चलचित्रको ओभरसिज विक्री पनि भएको थिएन । त्यसैले पनि यत्रो लगानी कसरी सुरक्षित गर्ने भनेर टाउकोदुखाई बनिरहेको छ ।

सुदर्शनका अनुसार उनले चलचित्र निर्माणका लागि बैंकबाट लोन भने लिएका छैनन् । तर, यत्रो बजेटको चलचित्र रोकिँदा उनलाई तनाव भने निकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment