Comments Add Comment

मोरङको टाँडीबाट क्वारेन्टाइनस्थल गोठगाउँ सारिने

मोरङको टाँडीमा बनाइएको क्वारेन्टाइनस्थल ।

१६ वैशाख, विराटनगर । प्रदेश सरकारले मोरङको मिक्लाजुङ गाउँपालिकाको टाँडीमा निर्माण गरेको अस्थायी क्वारेन्टाइन सुन्दरहरैचा नगरपालिकामा पर्ने गोठगाउँमा सार्ने भएको छ ।

अस्थायी टेन्टबाट बनाइएको क्वारेन्टाइनमा हावाहुरी र वर्षाले असर गरेपछि गोठगाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको भवनमा क्वारेन्टाइन सार्न लागिएको हो ।

कोरोनाका संक्रमणको संकास्पद तथा विदेशबाट आएकाहरुलाई राख्नका चैत पहिलो साता प्रदेश सरकारले दुईसय जना क्षमताको क्वारेन्टाइन निर्माण गरेको थियो । क्वारेन्टाइनमा हाल १३ जना बसिरहेका छन् ।

अस्थायी संरचनामा क्वारेन्टाइन सञ्चालन गर्दा हावा पानीले दुःख दिएपछि गोठगाउँमा सार्न लागिएको नेपाली सेनाको सूर्यदल गण थलाहा मोरङका गणपति रघुनाथ पौडेलले जानकारी दिए । ‘टाँडीमा छोटो समयका लागि निर्माण गरिएको थियो’ उनले भने ‘टेन्ट पनि अस्थायी छन् । क्वारेन्टाइन लम्बिने भएकाले स्थायी संरचनामा सार्न लागिएको हो ।’

क्वारेन्टाइन सार्नका लागि विश्वविद्यालयको भवनको सरसफाइको काम सुरु भएको छ । ५ दिनभित्र टाँडीको क्वारेन्टाइन सारीसक्ने योजना भएको उनले बताए ।

प्रदेशमा एक हजारको पीसीआर

प्रदेश १ मा एक हजार १९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार मंगलबारसम्म एक हजार १९ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको हो ।

त्यस्तै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट ४ हजार ८ सय ८१ जनाको नमूना परीक्षण भएको छ । प्रदेशमा दुबै विधिबाट ५ हजार ९ सय जनाको कोरोना परीक्षण भएको छ । प्रदेशभरी क्वारेन्टाइनस्थलमा बस्नेको संख्या २ हजार १ सय ४० छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ छ । जसमा झापाका २, भोजपुरका १, उदयपुरका १२, विराटनगरका ४ र भारत नयाँ दिल्लीका १२ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment