Comments Add Comment

भारतमा कोरोना संक्रमित एकै नेपाली परिवारका ८ सदस्यलाई स्वास्थ्य लाभ

१७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्यहरु उपचारपछि निको भएका छन् ।

अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीबीसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइँपछि उनीहरु मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् । स्वास्थ्य लाभ गरेपछि उनीहरुले अर्को जीवन पाएको बताएका बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment