Comments Add Comment

जन्मदिनमा पूजा भन्छिन–‘मलाई कुनै कुराको पश्चताप छैन’

नायिका पूजा शर्माले यस पटकको जन्मदिनमा आफ्ना शुभचिन्तकहरुलाई मिस गरिरहेकी छिन् । यसअघि उनका शुभचिन्तकहरुले उनको जन्मदिनलाई विशेष बनाएका थिए । तर, यसपटक लकडाउनका कारण उनी घरमै छिन् ।

जसकारकाण, पूजाले आफ्ना शुभचिन्तकहरुलाई निकै मिस गरेको बताएकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा ‘प्रेम गीत’मार्फत चर्चामा आएकी यी नायिकाको फ्यान क्रेज गज्जबको छ । पूजा भने आफूले यति धेरै माया पाउँछु भनेर कहिले पनि नसोचेको बताउँछिन् ।

उनले भनिन्– ‘मलाई बनावटी हुन आउँदैन । सबैसँग नजिक हुन चाहन्छु । म मान्छे पनि चिन्छु । त्यसैले, पनि दर्शकले मलाई माया गर्नुभएको होला ।’

चलचित्र क्षेत्रमा आफ्ना लागि राम्रो सोच्ने सबै मानिसहरु विशेष भएको पूजा बताउँछिन् । करिअरमा उतारचढाव आएपनि केही मानिसहरुले आफूलाई सधै साथ दिएको पूजाले बताइन् ।

पूजाले नायिका पूजा शर्मा र वास्तविक जीवनको पूजा शर्मामा खासै फरक नभएको बताइन् । उनले आफूलाई कुनै पनि कुराको पश्चताप नभएको बताइन् ।

उनले भनिन्– ‘पश्चाताप लिनु रामो होइन । किनकी जुन समय बिताइएको छ त्यो समय हामीले निकै रमाइलोसँग बिताएका थियौ । पछि, त्यसलाई सम्झिएर पश्चातप गर्नुको औचित्य रहँदैन ।’

नायिका शर्माको यो वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ रिलिज हुँदैछन ।

पूजालाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment