Comments Add Comment

अमेरिकामा कोरोना भाइरसबाट भियतनाम युद्धमा भन्दा धेरैको मृत्यु

१७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको प्रयासलाई अमेरिकी अधिकारी र स्वास्थ्य विशेषज्ञहरुले भियतनाम युद्धसँग तुलना गर्दै आएका छन् ।

अहिले अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भियतनाम युद्धको भन्दा बढी पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट २० वर्ष चलेको भियतनाम युद्धभन्दा धेरैको मृत्यु भएको हो । भियतनाम युद्ध सन् १९५५ मा सुरु भएर १९७५ मा सकिएको थियो ।

अमेरिकाको तथ्यांक अनुसार भियतनाम युद्धको क्रममा ५८ हजार दुई सय २० जनाको मृत्यु भएको थियो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५८ हजार ३५५ पुगिसकेको छ ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई अदृश्य शत्रुको संज्ञा दिँदै आफूहरु ठूलो युद्धको क्रममा रहेको बताएका थिए । अमेरिकामा पछिल्लो समय संक्रमित र मृत्यु हुनेको संख्यामा केही कमी आएको छ । विशेषज्ञहरुले भने अमेरिकाको खतरा भने अझै नटरेको बताएका छन् ।स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment