+
+
Shares

चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन अग्नी ग्रुपको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते २०:५४

१७ वैशाख, काठमाडौं । अग्नी ग्रुपले ग्रुपले मानसिक स्वास्थ्यसम्बन्धी अभियान अन्तरगत आमनागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन आग्रह गरेको छ ।

यो लाइभ अन्तक्रिया वैशाख १९ देखि २३ गतेसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ  ।

ग्रुपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?