Comments Add Comment

कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो ।

सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो ।

अमेरिकाको लागि पहिलो त्रैमासमा देखिएको अर्थतन्त्रको गिरावट सन् २००९ को पहिलो त्रैमासयताकै ठूलो हो । मार्चको अन्तिम दुई सातामा अमेरिकाको आर्थिक गतिविधिमा देखिएको कमीसँगै अमेरिकाको अर्थतन्त्रमा त्यसको असर देखिएको हो । उक्त अवधिमा अमेरिकामा लाखौं मानिसले बेरोजगारी सुविधाको लागि आवेदन दिएका थिए ।

गत मार्चमा अमेरिकाको विभिन्न राज्यमा दिइएको घरमा नै बस्ने निर्देशनको असर अमेरिकाको अर्थतन्त्रमा देखिएको हो । आगामी त्रैमासमा यसको अझ ठूलो असर अर्थतन्त्रमा देखिन सक्ने जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको वुहानबाट शुरु भएको यो महामारीबाट अमेरिका सबैभन्दा धेरै प्रभावित बनेको छ ।

स्रोत : अल जजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment