Comments Add Comment

लता मंगेशकर लेख्छिन् –‘म शब्दविहीन छु’

बलिउड नायक ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । आज बिहान उनको भारतीय समयअनुसार पौने ९ बजे उपचारको क्रममा निधन भएको हो ।

ऋषि कपुरको निधनले बलिउड कलाकार स्तब्ध भएका छन् । बुधबार मात्र बलिउड नायक इरफान खानको निधन भएको थियो । इरफानको निधनले स्तब्ध बनेको बलिउडलाई अर्को दु:खद् खबरले झनै शोकमा डुबाएको छ ।

बलिउडकी सफल गायिका लत्ता मंगेशकरले ऋषिको निधनले आफू शब्दविहीन भएको उल्लेख गरेकी छिन् ।

लत्ताले ऋषि कपुर ६ महिनाको हुँदा उनलाई काखमा बोकेकी थिइन् । सोही तस्वीर सेयर गर्दै लत्ताले लेखेकी छिन्–‘केही समय पहिले मलाई ऋषिले यो तस्वीर पठाएका थिए । मलाई ती दिनहरूको याद आइरहेको छ। म शब्दविहीन भएकी छु ।’

आफूले ऋषिको जन्म भएसँगै उनलाई हुर्काएको र उनीसँग खेलेको भन्दै लत्ता भावुक भएकी छिन् । ऋषिलाई बलिउड नायक तथा राजनीतिज्ञहरूले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment