Comments Add Comment

हिटलरले प्राणदान पाएको त्यो दिन, घाइते हिटरललाई किन मारेनन् ती बेलायती सैनिकले ?

जर्मन शासक हिटलरलाई मानव इतिहासका सबैभन्दा क्रूर तानाशाह मानिन्छ । लाखौँ मानिसको हत्या तथा दोश्रो विश्वयुद्धका कारक मानिन्छन्, हिटलर । दोश्रो विश्वयुद्धमा मारिनु अघि आफैले आत्महत्या गरेका हिटलरको अन्त्य यदि धेरै अघि भएको हुन्थ्यो भने दुनियाँमा लाखौँ मानिसको ज्यान जाने थिएन । तर त्यसबेला दुनियाँका सबैभन्दा शक्तिशाली रहेका हिटलरलाई मार्ने कसले ?

वास्तवमा संसारमा विध्वंस मच्चाउने हिटलरलाई मार्ने मौका एकजना बेलायती सैनिकले धेरै अघि पाएका थिए । तर उनले हिटलरको हत्या गरेनन् । आखिर किन ?

मौका पाउँदा पनि हिटलरको हत्या नगर्ने ती अंग्रेज सैनिकको नाम हेनरी टेन्डी हो । उनको जन्म सन् १८९१ को अगष्ट ३१ मा भएको थियो । एक होटलमा जन्मिएका हेनरीले आफ्नो जिवनको बाल्यकाल तथा किशोरावस्था होटलकै कामदारको रुपमा तथा अनाथालयमा बिताए । सन् १९१० मा उनी बेलायती सेनामा भर्ती भए ।

उनी बेलायती सैनिकको तर्फबाट विभिन्न युद्धहरुमा सहभागी भए र कैयन् पटक घाइते पनि भए । सन् १९१८ मा फ्रान्सको एक गाउँमा हिटलरसँग उनको भेट भयो जतिबेला पहिलो विश्वयुद्ध समाप्त हुने चरणमा थियो । त्यस समय हिटलर पनि जर्मन सैनिकको रुपमा युद्धमा सहभागी भएका थिए ।

घाइते अवस्थामा छटपाइरहेका हिटलरलाई हेनरीले देखे । हिटलरको हातमा बन्दुक त थियो तर गम्भीर घाइते हिटलर बन्दुक चलाउन सक्ने अवस्थामा थिएनन् ।

शत्रु राष्ट्रको घाइते सैनिकलाई बँचाउनुको कुनै अर्थ थिएन । यदि चाहेका भए हेनरीले तत्कालै एउटा गोली खर्च गरेर हिटलरलाई उडाइदिन सक्दथे । तर उनले युद्धको नियमानुसार घाइते अवस्थाको विरोधी सैनिकलाई मारेनन् र हिटलरलाई त्यहीँ छाडेर गए । फलतः भाग्यले बाँचेका हिटलर पछि जर्मनकीको शासक बनेर मानव सभ्यतामाथि नै प्रश्न उठाइदिने व्यक्ति बने ।

यदि हेनरीले हिटरलाई त्यहीँ बेला मारिदिएको भए सायद दोश्रो विश्वयुद्ध हुन्नथ्यो कि वा लाखौँ यहुदी तथा अन्य मानिसहरु मर्नु पर्दैनथ्यो कि ? धेरैले यो प्रश्न उठाउनु स्वभाविकै हो । हेनरीलाई पनि यो प्रश्न नसोधिने कुरै भएन । आखिर हिटरलको हत्या गर्ने मौका पाउँदा पनि किन नगरेको ? भनेर हेनरीलाई प्रश्न गरिँदा उनको जवाफ पनि स्वभाविकै थियो ।

हेनरीका अनुसार उनले दुनियाँकै क्रूर शासक हिटरलाई नभै एकजना थकित, पराजित तथा घाइते अवस्थाको सामान्य सिपाहीलाई हत्या नगरी छाडिदिएका थिए ।

आफूलाई प्राणदान दिने हेनरीलाई हिटलर स्वयं पनि चिन्दथे । सन् १९३८ मा तत्कालीन बेलायती प्रधानमन्त्री नेभिले च्याम्बेरियन म्युनिख सम्झौताका लागि जर्मनी गएको बेला हिटरले आफूलाई प्राणदान दिने बेलायती सैनिक हेनरीको बारेमा कुरा गरेका थिए ।

सन् १९१८ मा कसरी हेनरी आफ्नो अगाडि आउँदासमेत आफूलाई मारेनन् भन्ने घटनाको विवरण उनले बेलायती प्रधानमन्त्रीलाई सुनाएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment