+
+
WC Series
पोखरा एभेन्जर्स 2025
137/5 (17.2)
VS
१६ बलमा २९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ऊर्जामन्त्री पुनद्वारा रोल्पा घटनाप्रति दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १९ गते १२:२१

१९ वैशाख, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बिहीबार साँझ  रोल्पामा भएको बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले  शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।

उनले घटनाबाट आफू मर्माहत भएको भन्दै विस्फोटमा ज्यान गुमाएका शोकाकुल परिवारमा समेवदना प्रकट गरेका छन् ।

उनले विज्ञप्तिमा घटनाबारे सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले गम्भीर छानबिन गरिरहेको जानकारी प्राप्त भएको र आफूले समेत समन्वय गरिरहेको उल्लेख गरेका छन् ।

‘यो दुःखद् घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहत हुनुभएका शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’, मन्त्री पुनले विज्ञप्तिमा भनेका छन्, ‘उक्त घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले गम्भीर छानबिन गरिरहनुभएको जानकारी प्राप्त भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?