Comments Add Comment

ऋषि कपुरले पाएका यी अवार्ड

कपुर परिवारमा जन्मिएका कारण ऋषि कपुरलाई चलचित्र क्षेत्रमा आउन गाह्रो भने भएन । बुबा राज कपुर चलचित्र क्षेत्रमा चिनिएका व्यक्ति थिए । त्यसैले चलचित्र क्षेत्र उनको लागि पनि परिचित थियो ।

ऋषिले सन् १९५५ मा आफ्नै बुबाको चलचित्र ‘श्री’बाट आफ्नो अभिनय सुरु गरेका थिए । उक्त चलचित्रमा उनी अतिथी भूमिकामा मात्र प्रस्तुत भएका थिए । उनले बाल कलाकारको रुपमा अन्य केही चलचित्रमा पनि काम गरेका छन् ।

ऋषिले मुख्य अभिनेताको रुपमा डेब्यु गरेको पहिलो चलचित्र हो ‘बोबी’ । सन् १९७३ मा रिलिज भएको यस चलचित्रबाट नै ऋषिको निकै चर्चा भएको थियो । पहिलो चलचिबाट नै ऋषिले फिल्म फेयर अवार्डमा उत्कृष्ट नायकको अवार्ड हात पारेका थिए ।

ऋषिले यसअघि नै सन् १९७० मा चलचित्र ‘मेरा नाम जोकर’बाट पनि अवार्ड पाएका छन् । यस चलचित्रबाट उनलाई बंगाल चलचित्र पत्रकार संघबाट दिइएको अवार्ड र राष्ट्रिय अवार्ड मिलेको थियो ।

करिअरको यो लामो रेसमा ऋषिले धेरै अवार्ड पाए । ऋषि यस्ता अभिनेता थिए, जसको चलचित्रले असफलता देख्न परेन । त्यसैले पनि सबैका प्रिय थिए, ऋषि ।

ऋषिले सन् १९९८ मा फिल्म फेयरमा उत्कृष्ट अभिनेता जुरी अवार्ड पाएका थिए ।

ऋषिले २००६ मा जी सिनेमा र २००८ मा फिल्म फेयरमा लाइफटाइम एचिभमेन्ट अवार्ड पनि थापिसकेका छन् ।

त्यस्तै,  सन् २००९ मा उनलाई रसियन सरकारले चलचित्र क्षेत्रमा योगदान दिएको भन्दै पुस्कार तथा सम्मान दिएको थियो ।

सन् २००९ मा रिलिज भएको चलचित्र ‘लभ आजकल’बाट उनले सहायक भूमिकाको लागि विभिन्न अवार्डहरु पाएका थिए ।

सन् २०११ मा लाइफटाइम उत्कृष्ट जोडीका रुपमा ऋषि र नितु सिंहलाई फिल्म फेयरले नै सम्मान गरेको थियो ।

त्यस्तै, २०११ मै फिल्म फेयर अवार्डमा उनी समिक्षकको नजरमा उत्कृष्ट नायक बने । उनले चलचित्र ‘दो दुने चार’बाट उत्कृष्ट नायक ‘क्रिटिक्स’ पाएका थिए ।

ऋषिले खलपात्रको रुपमा पनि अवार्ड जितेका छन् । उनले चलचित्र ‘अग्नीपथ’बाट उत्कृष्ट खलपात्रको अवार्ड हात परेका हुन् । सन् २०१३ मा भएको ‘द टाइम्स अफ इन्डिया फिल्म अवार्ड’मा उनी उत्कृष्ट खलपात्र छनोट भएका हुन् ।

पछिल्लो समय उनले सन् २०१७ मा चलचित्र ‘कपुर एण्ड सन’बाट तीन वटा अवार्ड हात पारेका थिए । उनी यस चलचित्रबाट फिल्म फेयर अवार्डमा उत्कृष्ट सहायक अभिनेता र जी सिने अवार्डमा उत्कृष्ट सहायक अभिनेतासँगै उत्कृष्ट हाँस्यकलाकार समेत घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment