
बलिउड नायक ऋषि कपुरको ६७ बर्षको उमेरमा बिहिबार निधन भयो । ऋषिले अभिनय गरेको अन्तिम चलचित्र ‘दि बडी’ थियो ।
तर, निधन हुनुभन्दा १० दिन अगाडि पनि ऋषि चलचित्रको कथा पढिरहेका थिए । ऋषिले बलिउडका आफ्ना नजिकका साथीहरुसँग आफूलाई ३ वटा चलचित्रको कथा मन परेको बताएका थिए ।
चलचित्र वितरक राज बंसलले भारतीय मिडियासँग कुरा गर्दै ऋषिले आफूसँगको कुराकानीमा ३ वटा चलचित्रको कथा मन परेको र लकडाउन खुलेपछि काम गर्ने इच्छा व्यक्त गरेकाो बताएका छन् ।
बंसलले भने– ‘लकडाउनको समयमा ऋषि चलचित्र हेर्ने, योगा गर्ने, घर भित्रै हिडडुल गर्थे । उनले मसँगको कुराकानीमा आफूलाई ३ वटा चलचित्रको कथा मन परेको पनि बताएका थिए ।’
तर, यसको केही दिनमै ऋषि अस्पतालमा भर्ना भएकोा थिए । आफूलाई मन परेको कथामा ऋषिले काम गर्न पाएनन् ।
बलिउड नायक ऋषि कपुर ब्लड क्यान्सरको उपचार गरेर फर्किएपछि बलिउडमा नयाँ तरिकाले काम गर्न चाहन्थे । तर, उनको यो सपना अपुरै रहन पुग्यो ।
प्रतिक्रिया 4