Comments Add Comment

विराटनगरमा अस्पतालबाट गर्भवती निकालिएको घटनाको छानबिन हुने

१९ वैशाख, काठमाडौं । उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले गर्भवतीलाई निकालेको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ ।

मंगलबार प्रसूतिका लागि विराटनगरको नोबल मेडिकल कलेजमा भर्ना भएकी उदयपुरकी २९ वर्षकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताएका हुन् । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए त्यस्तो अस्पतालमाथि कारबाही हुन्छ । ‘

नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गम्भीर रहेको भन्दै उनले आगामी दिनमा यस्तो खालको गल्ती हुन नदिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment