Comments Add Comment

‘नाइँ नभन्नु ल-६’का लागि दुई वर्षालाई अफर

निर्देशक विकासराज आचार्य चलचित्र ‘नाइँ नभन्नु ल-६’ निर्माणको तयारीमा छन् । उनको योजना त यही साउनबाट छायांकनमा जाने छ । तर, लकडाउन र त्यसपछि उत्पन्न हुने परिस्थितिका कारण चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन ।

आचार्यले कथा फाइनल गरेर कलाकार चयन गर्ने प्रक्रिया भने अगाडि बढाइसकेका छन् । निर्देेशक आचार्य यसपटक नयाँ नायकको साथमा ३ नायिकालाई लिएर चलचित्रमा काम गर्ने मनसायमा छन् ।

चलचित्र ‘नाइँ नभन्नु ल-४’बाट डेब्यु गरेकी नायिका वर्षा राउतलाई उनले अफर गरिसकेका छन् । तर, वर्षासँग कुनै लिखित सम्झौता भने भएको छैन।

यस्तै, निर्देशक आचार्यले चलचित्र ‘नाइँ नभन्नु ल-२’बाट यो क्षेत्रमा डेब्यु गरेकी नायिका वर्षा सिवाकोटीलाई पनि चलचित्रको छैटौं सिरिजमा खेलाउने तयारी गरेका छन् । वर्षालाई उनले अफर त गरेका छन्, तर लकडाउनका कारण काम अगाडि बढ्न भने सकेको छैन ।

चलचित्रमा यसपटक उनी दुई वर्षालाई खेलाउने तयारीमा छन् । यस्तै, चलचित्र ‘नाइँ नभन्नु ल-४’बाट यो क्षेत्रमा भित्रिएकी नायिका आँचल शर्मालाई पनि चलचित्रमा भित्र्याउने उनको योजना छ । तर, आचार्यले आँचलसँग भने कुनै कुरा गरेका छैनन् ।

यसरी हेर्दा निर्देशक आचार्यले यसपटक चलचित्र क्षेत्रमा बलिया नायिकाहरूलाई एकसाथ पर्दामा देखाउने तयारी गरेका छन् । ‘नाइँ नभन्नु ल-६’मा यी तीन नायिकालाई दर्शकले एकसाथ हेर्न पाउँछन् या पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment