+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

भारतमा नेपाली भोकमरीमा पर्न सक्छन्, तत्काल ध्यान देऊ : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १३:३०

२१ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतमा अलपत्र परेका नेपालीका विषयमा तत्काल ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

भारत सरकारले असंगठित र अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीलाई खान बस्न व्यवस्था नगर्ने र यातायातका साधनमार्फत नेपालको सीमामा पुर्‍याउने सूचना दिएको भन्दै जनमोर्चाले यस्तो अवस्थामा नेपालीलाई पर्ने समस्याप्रति ध्यान दिन आग्रह गरेको हो ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यहाँको सरकारले उनीहरुको खानपिनको समेत व्यवस्था नगरेको हुनाले उनीहरुका अगाडि भोकमरीको समस्या उत्पन्न भएको छ र त्यसकारण सरकारले त्यसबारे तुरुन्त ध्यान दिनु आवश्यक भएको छ ।’

सरकारले भारत सरकारसित उच्च कुटनीतिक सम्पर्क गरेर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार उनीहरुलाई उनीहरु बसेकै ठाउँमा खानपिन समेतको व्यवस्था गर्न लगाउनुपर्ने नभए उद्धार गरी ल्याउनुपर्ने जनमोर्चाले बताएको छ ।

यो विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कोशिस गरिरहेको भन्दै जनमोर्चाले भारत सरकार वा त्यहाँका राज्य सरकारहरुले नेपालीलाई त्यहीँ खानपिनको बन्दोबस्त गरेर नराखेमा नेपाल सरकारले नै त्यो समस्या समाधानको कदम उठाउनुपर्ने बताएको छ ।

जनमोर्चाले कुवेत सरकारले अवैध रुपमा बसेका करिब ५ हजार नेपालीलाई वैधानिक कागजपत्र बनाउनको लागि समय दिई छुट्टै क्याम्पमा राखेको भन्दै ढिलो छिटो उनीहरुलाई पनि नेपाल ल्याउनुको विकल्प नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?