Comments Add Comment

स्पेनमा एकैदिनमा मृत्यु हुनेको संख्या ६ साताकै कम

२१ वैशाख, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा १ सय ६४ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकैदिनमा मृत्यु हुनेको यो संख्या गत मार्च १८ यताकै कम हो ।

स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय ६४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा देखिएको कमीले भने स्पेनमा विस्तारै कोरोना भाइरस नियन्त्रणतर्फ अघि बढ्ने आशा धेरैमा देखिएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा कमी आएसँगै विस्तारै लकडाउनमा पनि छुट दिन थालिएको छ ।

शनिबारदेखि वयस्क मानिसहरूलाई बाहिर निस्किन दिइएको छ । यद्यपि, सरकारले सोमबारदेखि लागू हुने गरी सबै क्षेत्रमा मास्क अनिवार्य गरेको छ ।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १७ हजार चार सय ६६ पुगेको छ । २५ हजार २ सय ६४ जनाको यो भाइरसबाट मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment