Comments Add Comment

‘महोत्तरीका ४ जनाको मृत्युको कारण रक्सी’

२२ वैशाख, जनकपुरधाम । महोत्तरीमा ज्यान गुमाएका १२ मध्ये चार जनाको मृत्युको कारण मदिरा भएको खुलेको छ । पोस्टमार्टम रिपोर्टमा चार जनाको मृत्यु अज्ञात रोगले नभएर मदिराले भएको खुलेको हो ।

महोत्तरीको भंगहा नगरपालिका–६ र ७ तथा बर्दिबास नगरपालिका–१२ मा कुल १२ जनाको मृत्यु भएको थियो । यीमध्ये ४ जनाको मृत्यु मदिराले भएको पोस्टमार्टम रिपोर्टले देखाएको हो । अन्य ८ जनाको पोस्टमार्टमविनै अन्तिम संस्कार गरिएको थियो । चार जनाको जस्तै उनीहरूको पनि मदिराबाटै ज्यान गएको ठानिएको छ ।

मृत्यु भएकामध्ये चार जनाको पोस्टमार्टम रिपोर्ट आएको र उनीहरूको मदिराकै कारण मृत्यु भएको देखिएको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

कस्तो प्रकृतिको मदिराबाट उनीहरूको ज्यान गएको हो भन्ने विषय भने खुल्न बाँकी छ । यो जाँचका लागि काठमाडौं पठाइएको उनले बताए ।

कोरोनाले ज्यान गएको आशंकामा उनीहरूको कोरोना परीक्षणसमेत गरिएको थियो । तर, दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरूको मृत्युपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुगमनमा आएको चिकित्सकको टोलीले पनि अध्ययन गरेको थियो । अध्ययनबाट ज्यान गुमाउनेहरू लामो समयदेखि रक्सीको लतसँगै अन्य रोगको संक्रमणमा रहेको खुलेको डीआइजी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment