+
+
Shares

न्युजिल्याण्डमा नयाँ संक्रमितको संख्या शून्य

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १३:१२

२२ वैशाख, काठमाडौं । न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । वेलिंटनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुलुकका स्वास्थ्य निर्देशक एसले ब्लुमफिल्डले यसलाई सकारात्मक नतिजा भएको बताएका छन् ।

न्युजिल्याण्डमा अहिलेसम्म एक हजार चार सय ८७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये अधिकांश निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना भाइरसबाट २० जनाको मृत्यु भइसकेको छ । सात जना बिरामी अहिले अस्पतालमा उपचाररत छन् ।

सोमबार कोरोना भाइरसको कारण कसैको पनि मृत्यु नभएको बताइएको छ । सुरुवातदेखि नै कोरोना भाइरस नियन्त्रणका लागि कडा कदम उठाएकोमा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नको विश्वभर प्रशंसा भइरहेको छ ।

गत साता सोमबारदेखि न्युजिल्याण्डको लकडाउन केही खुकुलो गरिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?