Comments Add Comment

डा. भट्टराईको योजनामा फसाउन खोजियो : महेश बस्नेत

२२ वैशाख, काठमाडौं । सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरूलाई फसाउन खोजिएको बताएका छन् ।

राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरूले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफूहरूमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन् ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै उजुरी दिएपछि उनीहरूले यस्तो बताएका हुन् । आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुटो आरोप लगाएर फसाउन खोजिएको बताए ।

डा. यादव लगायतका सांसदहरूले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रक्रियामा सहभागी हुने चाहना पनि व्यक्त गरेको उनले दाबी गरे । प्रक्रियामा सहभागी हुनुभन्दा पहिले नेकपाका नेताहरूसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको सांसद बस्नेतले बताए ।

यो पनि पढ्नुहोस एकचोटि प्रधानमन्त्रीजीसँग भेट्नैपर्‍यो भन्ने दबाव आयो : डा. सुरेन्द्र यादव

अपहरणको आरोप लागेका अर्का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूहरूसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालगायत अन्य व्यक्तिहरूका विषयमा केही नबोली आफूहरूलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए ।

‘हामीले कल्पना समेत गरेका थिएनौ‌ं । पूर्वप्रधानमन्त्री, झन् पिएचडी गरेको मान्छे । सबैले उहाँलाई सम्मान गर्छन् । मैले सम्मान गर्छु । तर, उहाँले यस्तो गम्भीर आरोप लगाउनुभयो’, डा. भट्टराईप्रति लक्षित गर्दै उनले भने ।

पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफुहरु विरुद्ध झठो आरोपले आफू र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताए ।

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए । दुवै उजुरीहरू एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उल्लङ्घन भए/नभएको यकिन गरिने बताए ।

यसअघि आफूलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाडौंबाट गएका सांसदहरू बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याउनुभएको थियो ।

यसअघि महानगरीय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजे पनि उजुरी लिन अस्वीकार गरेका थिए । यद्यपि सोमबार भने सरकारी वकिल कार्यालयले भने डा. यादवको जाहेरी दर्ता गरेको छ ।

यो पनि पढ्नुहोस महेश बस्नेत भन्छन्– अपहरणको आरोप लगाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ यो पनि पढ्नुहोस ‘सचेतकले जाऔँ भनेपछि महेश बस्नेत, म र सर्वेन्द्र महोत्तरी गएका हौँ’ यो पनि पढ्नुहोस सर्वेन्द्र भन्छन्– सुरेन्द्रलाई उनकै सहमतिमा काठमाडौं ल्याइएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment